अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

फ्रेन्च लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को डेब्यु

बिआरटीनेपाल २०८० माघ २१ गते ४:१५ मा प्रकाशित

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा डेब्यु गरेकी छन् । गएराति फ्रान्सेली क्लब अन आभान्टा ग्वेनगाम्पका लागि खेल्दै साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेकी हुन् । बोर्डो विरुद्धको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

अस्ति शुक्रवार मात्रै फ्रान्सेली क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् । उनले ७५औँ मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् ।

फ्रान्सेली क्लब अन आभान्टा ग्वेनगाम्पमा अनुबन्ध हुनु भनेको विश्व महिला फुटबलको सबैभन्दा उच्च दर्जाको फुटबल खेल्ने सुनिश्चितता हो । यो नेपाली फुटबल खेलाडीले व्यावसायिक रूपमा प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता हो । साम्बाले नेपाली राष्ट्रिय टोलीका लागि कीर्तिमानी ४२ गोल गरेकी छन् ।

प्रतिक्रिया