अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

आज विश्व क्यान्सर दिवस मनाईयो

बिआरटीनेपाल २०८० माघ २१ गते ३:५६ मा प्रकाशित

आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँएको छ । क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ यस वर्ष नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउइएको हो ।नेपालमा वार्षिक २० देखि ३० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिने गरेको डरलाग्दो तथ्यांक छ । त्यसमध्ये १२ देखि १८ हजारको मृत्यु त्यसै वर्ष हुन्छ । यस्तै नेपालमा हरेक दिन ४० जनाको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ ।

चिकित्सकका अनुसार क्यान्सर रोगको प्रमुख कारक धूमपान र जीवनशैलीमा आएको परिवर्तन हो । विश्वमा सबैभन्दा बढी क्यान्सर हुने स्तन क्यान्सर हो भने त्यसपछि फाक्सोको क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा भने सबैभन्दा बढी फोक्सोमा क्यान्सर भएको पाइएको छ भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेट र ठूलो आन्द्राको क्यान्सर, मुख तथा रगतको क्यान्सर बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

क्यान्सर नसर्ने रोग भएको हुँदा यसबाट जोगिन सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सँधै शारिरिक व्यायाम गर्ने तथा स्वच्छ तथा सन्तुलित खानामा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू