अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

बिआरटीनेपाल २०८० माघ २० गते ६:४१ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभएकाे । उहाँले भन्नुभयो, ‘मैले मेरो व्यक्तिगत कारणले शुक्रवार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।’

चन्दको उमेर हदको सेवाअवधि आउँदाे २०८१ चैत मसान्तसम्म रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू