अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

एमालेले संसदीय दलको बैठक बोलायो

बिआरटीनेपाल २०८० माघ १९ गते ८:२८ मा प्रकाशित

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ । दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू