अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

फिप्नामा नयाँ नेतृत्व

बिआरटि नेपाल संवाददाता न्यू योर्क । २०८० माघ १६ गते २०:३० मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को नोवौं महाधिवेशनले सर्बसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ। क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा आइतबार भएको अधिवेशनले तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ कार्य समिति बनाएको छ।

गुरुङ द गुरुङ तमु सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन्। महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुलबहादुर तामाङ, महिला उपाध्यक्षमा ममता राई, क्षेत्रिय उपाध्यक्षमा रामकृष्ण महर्जन तथा महासचिवमा दिपक चौधरीलाई सर्बसम्मत चयन गरेको हो। यसैगरि, कार्यसमिति सदस्यमा शान्ति गुरुङ, तिर्थराज लामा र दावा साङ्बु ढोक्प्यालाई सर्बसम्मत रुपमा चुनेको छ।

फिप्नाले हाल खाली रहेको कार्यसमितिको कोषाध्यक्ष, दुईवटा सचिव, सह कोषाध्यक्ष र एक महिला सहित दुईजना कार्यसमिति सदस्य पछि मनोनयन गर्ने जनाएको छ। फिप्नाको सभामुखमा भारती राई र उपसभामुखमा चम्पाकुमारी तामाङ सर्बसम्मत भएका छन्। नवनिर्वाचित सभामुख राई किरात राई सोसाइटी अफ अमेरिकाकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत हुन्।

प्रतिक्रिया