अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

अमेरिकाको क्यालिफोर्नियामा ६ जनाको हत्या भएको घटनामा पाँच जना पक्राउ

बिआरटीनेपाल २०८० माघ १६ गते ४:२५ मा प्रकाशित

दक्षिणी क्यालिफोर्नियाको मोजाभ मरुभूमिको क्षेत्रमा गोली हानी मारिएका ६ वटा शव फेला परेको घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गोली लागेर घाइते भएको अवस्थामा एक जनाले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा हेलिकप्टर लिएर गएको प्रहरीले ६ वटा शव फेला पारेको थियो । यही जनवरी २३ मा भएको यो घटना अवैध गाँजा उत्पादन र कारोबारसँग सम्बन्धित हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ ।

सीसी फुटेजमा त्यहाँ जम्मा भएकाले गाँजा कारोबारका विषयमा छलफल गरेर भेट्ने योजना बनाएको अनुसन्धानमा पाइएको खबरमा उल्लेख छ । घटनास्थलमा चार जनाको शव एकै ठाँउमा , एक जनाको गाडीमा र एकजनाको शव केही दूरी पर फेला परेको थियो । घटनास्थलबाट प्रहरीले केही थान बन्दुक पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू