अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

दुई भेटेरान नेपाली कुङ फु खेलाडीलाई अमेरिकामा स्वर्ण पदक

बिआरटीनेपाल २०८० माघ १५ गते १५:५२ मा प्रकाशित

न्यू योर्क । दुई भेटेरान नेपाली कुुङ फु खेलाडी सिद्धार्थ लामा र संजित कुमार राईले अमेरिकामा स्वर्ण पदक हात पारेका छन् । ब्याटल अफ ड्रागन २०२४ मार्शल आर्ट्स च्याम्पियनसिप न्यू जर्सीको एटलान्टिक सिटीमा जनवरी २६ देखि २८ सम्म सम्पन्न भएको प्रतियोगितामा खेलाडी लामा र राईले स्वर्ण पदक पाएका हुन्। लामाले कुुङ फु ताई चीमा र राईले कुङ फु क्रियटिभ फर्ममा स्वर्ण पदक हात पारेका छन्। त्यसबाहेक लामाले कुुङ फु वेपनमा कांस्य पदक प्राप्त गरेका छन्। प्रतियोगिता विश्वभरका ६०० खेलाडी छानिएका थिए ।

कुङ फु खेलाडी लामाले यसअघि अन्तर्राष्ट्रिय स्तरमा जर्मन ओपन इन्टरनेशनल च्याम्यिनशीप २०२३ मा दुई विधामा स्वर्ण पदक जितेका थिए। त्यसैसरि उनले फर्म चाइनिज वेपन च्याम्पियनसिप एमभी अल बेल्टस्मा स्वर्ण जितेका थिए। राष्ट्रिय तहको खेलमा थुप्रै स्वर्णपदक जितेका लामाले फर्म सफ्ट स्टाइल एमभी ब्याक बेल्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन्।

अर्का भेटेरान कुङ फु खेलाडी राईले यसअघि राष्ट्रिय स्तरमा दुई वटा र अन्तर्राष्ट्रिय खेलमा एउटा स्वर्णपदक प्राप्त गरेका छन्। राईले यो अन्तर्राष्ट्रिय स्तरको दोस्रो स्वर्ण पदक भएको बिआरटिनेपाललाई बताए ।

नेपालमा कुङ फु खेलको विकास र प्रबर्धनमा नेतृत्वदायी भूमिका खेलेका लामा र राई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका जज (निर्णायक) र प्रशिक्षक समेत हुन्। उनीहरूले प्रक्षिण दिएका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर स्वर्ण पदक समेत जितेका छन् ।

लामा नेपाल कुङ उमा कुुङ फु सङ्घका अध्यक्ष र राई उपाध्यक्ष हुन्। त्यस्तै लामा वल्र्ड टिओए फेडेरेशनका नेपाल अध्यक्ष तथा राई महासचिव हुन्। साथै ताई ची र छि गोङका प्रशिक्षक लामा वल्र्ड मार्शल आर्ट्स कमिटीका एसिया निर्देशक हुन् ।

प्रतिक्रिया