अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

केआरएसए टेक्साको वार्षिक साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०८० माघ १५ गते १५:४३ मा प्रकाशित

टेक्सास । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले डालसको फोर्टवर्थमा वार्षिक साधारण सभा आयोजना गरेको छ। ‘सदाझैँ यस पटक पनि वर्षभरि हामीले गरेका गतिविधिको समीक्षा गर्‍यौँ,’ टेक्सास च्याप्टर अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष दिलीप राईले भने । साधारण सभामा सचिव भुपाल किरातले वार्षिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष डेलिन्द्र राईले आर्थिक प्रतिवेदन पेस गरेका थिए। दुवै प्रतिवेदन सबै सदस्यहरूले ताली बजाएर पास गरेका थिए ।

साधारण सभाले रिक्त रहेको सल्लाहकार, सहसचिव र कार्यकारी सदस्यको पदपूर्ति समेत गरेको छ। सल्लाहकारमा मनोज राई र निर्मला राईलाई सर्बसम्मत रूपमा चुनिएको छ। त्यसैसरि सहसचिवमा ज्योतिराज राई र कार्यकारी सदस्यमा सकिला राई नियुक्त भएका छन्।

साधारण सभामा चार जना किरात राईले नयाँ सदस्यता समेत ग्रहण गरेका छन्। नयाँ सदस्य ग्रहण गर्नेमा मैना राई, पारुहाङ राई, जितमान राई र ब्रिजेश राई भएको अध्यक्ष राईले बताए। नयाँ सदस्यलाई उनले औपचारिक रूपमा संस्थामा स्वागत गरे ।

प्रतिक्रिया