अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

दरबार हत्याकाण्डको छानविन हुन्छ – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० माघ १५ गते ५:०८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले सिमरास्थित जीतपुरसिमरा उपमहानग पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन गरेका थिए। उहाँले स्थानीय व्यवसायीसँग अन्तर्क्रिया गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने बताउनुभएको थियो ।

‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ, उहाँले भन्नुभयो,’रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजीऔसरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ’।  ‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू