अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

प्रधानमन्त्री प्रचण्डद्वारा विपिन जोशीका अभिभावकसँग भेट

बिआरटीनेपाल २०८० मंसिर २२ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमास लडाकू समूहले गरेको आक्रमणपछि बेपत्ता भएका कैलालीका विपिन जोशीको परिवारलाई भेट्नुभएको छ । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले धनगढी विमानस्थलमा जोशीको परिवारलाई भेट्नुभएको हो । भेटमा जोशीका अभिभावकले उद्धारका लागि भैरहेको पहलबारे चासो राखेका छन् । साथै छिटो उद्धार गरिदिन पनि आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि कूटनीतिक पहल भैरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन बिहान कैलाली पुग्नुभएको हो । सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनरत् विपिनसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएको भदौ २७ गते इजरायल गएका थिए । गएको असोज २० गते हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन हुनुहुन्छ । इजरायली सेना र तेलअभिभमा रहेको नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि विस्तृत अवस्था थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू