अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

आचार्य श्रीनिवास १० हजार धरौटी तिरेर थुनामुक्त

बिआरटीनेपाल २०८० मंसिर २२ गते ६:१३ मा प्रकाशित

दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास आज हिरासतमुक्त भएका छन् । उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले आचार्य श्रीनिवासलगायत दर्जनौंलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमध्ये अधिकांश छुटिसकेका छन् । आचार्य श्रीनिवास र सन्तोष राजावादी आज छुटेका हुन् ।

शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेकोमा १० हजार धरौटी तारेखमा थुनामुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले जानकारी दिनुभयो । श्रीनिवास धरौटीमा छुटे पनि उनीविरुद्धको मुद्दा भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलिरहेको छ । शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको मुद्दा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको इजलासले हेर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू