अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

एनसेलको शेयर बिक्री प्रकरण : सोधपुछका लागि प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाइयो

बिआरटीनेपाल २०८० मंसिर २२ गते ५:२७ मा प्रकाशित

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ । शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमबार (२५ गते)बैठकमा बोलाउने निर्णय गरेको हो । सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताउनुभयो।

समितिले प्रधान सेनापतिलाई आगामी बुधबार (२७ गते) काठमाडौं-तराई-मधेश द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने पनि निर्णय गरेको छ । खतिवडाले भन्नुभयो, ‘२५ गते सोमबार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के-कसो भएको हो, र अहिलेको अवस्था के हो रु त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गर्‍यौं । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र आजै पठाइएको उहाँले बताउनुभयो । सभापति खतिवडाले विधेयकहरू माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमितरूपमा बैठकमा आउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू