अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:३९ मा प्रकाशित

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गर्नुभएको थियो । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्नुभएकी उहाँले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू