अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन्- प्रचण्ड

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा पुर्याउने तयारी गरेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान सरकार नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’

प्रधानमन्त्रीले नेपालको इतिहासमा आफू नेतृत्वको सरकारले जस्तो अरु कसैले अहिलेको जस्तो भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि नचलेको जिकिर गर्नुभयो । पहिलो पटक माओवादीको नेतृत्वमा भ्रष्टाचारविरुद्धको आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू