अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

प्रभावकारीरुपमा न्याय सम्पादन भइरहेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

बिआरटीनेपाल २०८० मंसिर २१ गते ५:५२ मा प्रकाशित

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायालयमा क्रमिक सुधार भइरहेको बताउनुभएको छ । नुवाकोटको विदुरमा बिहीबार जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले आफूले कार्यभार सम्हालेको थोरै समयमा अदालतमा विविध विषयमा सुधार भएको दावी गर्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले देशको विद्यमान कानुन,विधि र पद्धतिअनुसार न्यायलाई सबैको पहुँचमा पुर्‍याउन लागिपरेको बताए। यसका लागि विशेष योजना ल्याएको समेत उहाँले जानकारी दिनुभयो। प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा दुई वर्ष नाघेका मुद्धालाई शून्यमा ल्याउने जिकिर गर्नुभयो। श्रेष्ठले उत्कृष्ट र कानुनसम्मत न्याय प्रणालीको सुरुवात गर्नेलगायतका विषय आफूले प्राथमिकता दिएको बताउनुभयो ।

सबै अदालतमा अनलाइन प्रविधिबाटै मुद्दा दायर गर्न सकिने व्यवस्था गरिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । अदालतमा पूर्ण प्रविधिमैत्री प्रणाली लागू गरेर न्यायालयको विगतको प्रणालीमा सुधार गर्दै पारदर्शी,विश्वासिलो,भरोसायोग्य कार्य गरेर न्यायलाई सबैको पहुँचमा पुर्‍याउने योजनाका साथ आफू अघि बढिरहेको प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो । उच्च तथा जिल्ला अदालतमा मुद्दाको प्रभावकारीरुपमा न्याय सम्पादन भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले दावी गर्नुभयो ।

कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला,वागमति प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा,नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,विदुर नपाकी उपमेयर प्रभा बोगटी,नुवाकोटका न्यायाधीश मदनबहादुर धामीलगायतको सहभागी थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू