अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:०० मा प्रकाशित

उच्च अदालत पाटनले एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद–बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई सोमवार छलफलका लागि बोलाएको छ ।

सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हाे । समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू