अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

सुम्निमा साँझ १३ मा कूलपति राई सहभागी हुने, स्टेज शिव र प्रविशाले तताउने

बिआरटीनेपाल २०८० मंसिर २० गते १०:५८ मा प्रकाशित

बिआरटिनेपाल संवाददाता
न्यू योर्क। यो वर्ष डिसेम्बर १७ मा हुन लागेको सुम्निमा साँझको १३ औं श्रंखलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई सहभागी हुने भएका छन्। उक्त कार्यक्रमको मञ्च चर्चित गायक शिव परियार र प्रविशा अधिकारीले तताउने भएका छन्।

किरात राई जातिको कला र संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने तथा अमेरिकामा बसोबास गरिरहेका नयाँ पुस्तालाई संस्कार संस्कृति हस्तान्तरण गर्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको थियो । तर, यो कार्यक्रम सबै नेपालीले मन पराएको देखिन्छ। पछिल्ला वर्षहरुमा आयोजकले समेत यो कार्यक्रम विशुद्ध सांस्कृतिक नबनाइ सबै नेपालीलाई ध्यानमा राखेर बनाउने गरेका छन्।

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) का केन्द्रिय अध्यक्ष खगेन्द्र राईले हाल अमेरिका भ्रमणमा रहेका कूलपति राईले सुम्निमा साँझमा सहभागी भइदिन अनुरोध गर्दै गरेको औपचारिक निमन्त्रणा स्वीकार गरिसकेको बताए। ‘माननीय कूलपति भूपाल राईज्यूले हाम्रो औपचारिक निमन्त्रणालाई स्वीकार्नु भएको छ,’ उनले भने, ‘उहाँ जस्तो विशिष्ट श्रेणीको पदाअधिकारी अमेरिका भ्रमण ५ दिन लम्ब्याएर उहाँ सुम्निमा साँझमा सहमागी हुनु हाम्रो लागि गौरवको विषय हो।’ नेपाल सरकारको मर्यादाक्रम अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भुपाल राईको स्थान १२ औं नम्बरमा छ। त्यसपछि मात्र नेपाल सरकारको सचिव, राजदूत, प्रधान सेनापति र प्रहरि महानिरिक्षकको नम्बर आउँछ।

नेपाल सरकारको मर्यादाक्रम अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भुपाल राईको स्थान १२ औं नम्बरमा छ। त्यसपछि मात्र नेपाल सरकारको सचिव, राजदूत, प्रधान सेनापति र प्रहरि महानिरिक्षकको नम्बर आउँछ।

 

त्यस्तै, कार्यक्रमलाई भव्य बनाउन चर्चित नेपाली गायक शिव परियार र प्रविशा अधिकारीलाई आमन्त्रण गरिएको सुम्निमा साँझ १३ का संयोजक गोपाल राईले जानकारी दिए। ‘सुम्निमा साँझको पहिलो भाग औपचारिक हुनेछ भने दोस्रो भाग मनोरञ्जनात्मक हुनेछ,’ उनले भने, ‘हामीले चर्चित राष्ट्रिय कलाकारमात्र नभएर स्थानीय कलाकारलाई पनि ठाउँ दिएका छौं। साथै, केआरएसएका बालबालिकाको प्रस्तुति समेत समेटेका छौं।’ कार्यक्रममा कलाकार यशोदा खालिङको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ। कार्यक्रममा कम्तिमा पाँच सय मानिस उपस्थित हुने आयोजकको अनुमान छ।

 

भाषा, साहित्य, संस्कृति, समाजशास्त्र र दर्शनशास्त्रका क्षेत्रमा काम गर्ने सबैभन्दा माथिल्लो निकाय हो। नेपालमा राजतन्त्र भएका बेला प्रतिष्ठानका कूलपति धेरै पटक स्वयं राजा आफैँ बनेका थिए।

केआरएसएले किरात राईहरुको महान चाड साकेला उद्यौलीको अबसरमा हरेक वर्ष सुम्निमा साँझ आयोजना गर्दै आएको छ। कोभिड महामारीका बेला २ वर्ष भने यो कार्यक्रम आयोजना गरिएको थिएन। किरात राई जातिको कला र संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने तथा अमेरिकामा बसोबास गरिरहेका नयाँ पुस्तालाई संस्कार संस्कृति हस्तान्तरण गर्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको थियो । तर, यो कार्यक्रम सबै नेपालीले मन पराएको देखिन्छ। पछिल्ला वर्षहरुमा आयोजकले समेत यो कार्यक्रम विशुद्ध सांस्कृतिक नबनाइ सबै नेपालीलाई ध्यानमा राखेर बनाउने गरेका छन्।केआरएसए अमेरिकाम किरात राई भाषा, संस्कार, संस्कृति र भेषभुषा संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यले स्थापना भएको सामाजिक संस्था हो। यो संस्थाले त्यहि उदेश्य पूर्ति गर्न हरेक वर्ष आधा दर्जनभन्दा बढी विभिन्न कार्यक्रम आयोजना गर्छ।

साकेला वर्षमा दुई पटक मनाइन्छ। जाडो छल्न लेकबाट बेंसी झर्दा मनाइने साकेलालाई उधौली भनिन्छ। मौसमसँग पनि जोडिएको साकेला नृत्यले किरात राई समुदायको उत्पति र जनजीविकाको कथा भन्छ। गर्मी लागेपछि लेक जाने बेला मनाइने साकेलालाई चाहिँ उँभौली भनिन्छ।

 

प्रतिक्रिया