अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

एनसेल प्रकरणबारे गठबन्धन दलसँग प्रधानमन्त्रीको छलफल

बिआरटीनेपाल २०८० मंसिर १९ गते ६:१३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री, सञ्चारमन्त्री र विभिन्न विभागीय कर्मचारीसँग छलफल गर्नुभएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले एनसेल खरिद बिक्रीमा राजस्व छली गरेको हुनसक्ने भन्दै यसअघि नै छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू