अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

जाजरकोट सोती घटनाको फैसलाः २३ जनालाई जन्मकैद, तीन जनालाई जातीय विभेदमा सजाय

बिआरटीनेपाल २०८० मंसिर १९ गते ६:०३ मा प्रकाशित

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस आज सकिएको हो। जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।

यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत(रुकुम पश्चिम)का स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिनुभयो ।

घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए। उनीहरूमध्ये थुनछेक बहसका क्रममा २ जना बालकसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू