अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

नाइजेरिया सेनाको ड्रोन दुर्घटना, ८५ जना सर्वसाधारणको ज्यान गयो

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:४० मा प्रकाशित

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको छ । देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणकाे ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अहिलेसम्म ८५ जनाको शव भेटिएको र केही हराइरहेकाले खोजी भइरहेको एएफपीको खबरमा उल्लेख छ ।

असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिसलाई लागेर ज्यान गएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू