अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

बेलायतमा अध्यामगनमा कडाइ, विदेशी विद्यार्थीलाई परिवार लैजान सकस

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:३४ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमवार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नुभएको छ । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ुकट्टरपन्थी कार्यु को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउन सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।नयाँ उपायहरूको शृङ्खलाको रूपमा सरकारले विदेशी विद्यार्थीले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ । साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सृजना हुने छ ।

प्रधानमन्त्री सुनकले भन्नुभयो,‘अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौँ । यी कदमहरूले बेलायतलाई फाइदा पुर्‍याउने कुराको सुनिश्चित गर्नेछ ।’यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ ।बेलायतमा कुल माइग्रेसन गएको वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ ।

बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइँ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस) ले जनाएको छ । त्यसैगरी १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झन्डै आधा सङ्ख्याले देश छोडेर गएका छन् ।सीएनएनका अनुसार कन्जर्भेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसको सङ्ख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे पनि सहजरूपमा त्यसो हुन सकेको छैन । विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमाना नियन्त्रण गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन् ।

बेलायत आइपुगेका धेरैजसो मानिस ९ लाख २५ हजार गैर(ईयु नागरिक रहेका र तीमध्ये १२ जनामध्ये एक शरण खोज्नेहरू रहेका तथ्याङ्कले देखाएको छ । गैर(ईयु देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गर्नुभएको छ ।यसैगरी गएको वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिक बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए । जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकले भ्रमण भिसा प्राप्त गरेका छन्, यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू