अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

पक्राउ पुर्जीविरुद्ध विप्लव समूहद्धारा आन्दोलनका कार्यक्रम घोषणा

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:१८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ९विप्लव० समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।जिल्ला अदालत काठमाडौंले सोमबार पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि मंगलबार एक विज्ञप्तिमार्फत आन्दोलनको घोषणा गरिएको हो ।

महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर पक्राउ पुर्जी जारी गर्नु सरकारसँग २०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएका ३ बुँदे सहमति मध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको स्मरण समेत गराउनु भएको छ ।

यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि हमला भएको नेकपाको ठहर छ ।पक्राउ पुर्जीविरुद्ध नेकपाले आजदेखि तीन दिनको सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू