अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’को तयारीमा

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:४५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’ को तयारीमा रहेको बताउनुभएको छ । सोमबार विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारीसमेत दिनुभयो । अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको तर व्यवहारमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उहाँले प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू