अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण पदकसहित नेपाल च्याम्पियन

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:३१ मा प्रकाशित

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भयो ।

नेपाल कराँते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य हात पार्‍याे । त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कास्यसाथ श्रीलंकाको टिम पाँचौँ तथा २ कास्यसाथ भुटान छैटौँ भए ।  दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू