अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

एक लाख ७० हजार सैनिक परिचालन गरेर युक्रेनमाथि थप आक्रमण बढाउँदै रुस

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:१८ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिनुभएको छ । युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन्  ।

रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ । रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चार लाख ५२ हजारभन्दा धेरैलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिनुभएको छ । सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू