अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

महाधिवेशन मितिबारे एकीकृत समाजवादीले निर्णय गर्न सकेन

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:१५ मा प्रकाशित

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय महाधिवेशन मितिबारे अनिर्णित भएकाे छ । आज साेमवार बसेकाे सचिवालय बैठकमा महाधिवेशनबारे छलफल भए पनि निर्णय नभएकाे पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।प्रवक्ता खतिवडाले महाधिवेशनका लागि पूर्वनिर्धारित मिति (माघ १४–१८) मा गर्नका लागि देशको अवस्था र तयारीका कारण प्रभावित भएकाे भन्दै यस सम्बन्धमा भाेलि मङ्गलवार बस्ने बैठकमा आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘आजकाे बैठकमा राष्ट्रिय महाधिवेशनबारे पनि छलफल भयाे । महाधिवेशनकाे सन्दर्भमा मङ्गलवार बस्ने बैठकमा निर्णय गर्छाैँ ।’

यस्तै बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयाे ।प्रवक्ता खतिवडाले मध्यावधि चुनावकाे कुनै सम्भावना नरहेकाे भन्दै केही राजनीतिक दलहरूले सरकारलाई अस्थिर बनाउने र कमजोर पारेर राजनीतिक रोटी सेक्नका लागि हल्ला गरेको टिप्पणी गर्नुभयो । एकीकृत समाजवादीको सचिवालय बैठक भोलि मङ्गलवार बिहान ११ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू