अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:१० मा प्रकाशित

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले आज साेमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूकाे शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेकाे छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेकाे पनि मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू