अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

विशेष अदालतका न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको शपथ

बिआरटीनेपाल २०८० मंसिर १८ गते ४:५८ मा प्रकाशित

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराउनुभएको हो ।

५ मंसिर गने बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू