अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएकाहरु सम्पत्ति शुद्धीकरणको जिम्मामा

बिआरटीनेपाल २०८० मंसिर १८ गते ४:५८ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै सम्पत्ती शुद्धिकरण र अख्यिातारमा मुद्दा परेका कारण प्रहरीले सम्पत्ती शुद्धिकरण बिभागमा बुझाएको कारगार प्रशासनले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये हरिभक्त महर्जनलाई १५ लाख, शमशेर मियालाई १० लाख, नरेन्द्र केसीलाई १० लाख धरौटी माग गरिएको थियो भने ती मध्ये आशिष बुढाथोकीलाई साधारण मुद्दामा छोड्न अदालतले आदेश दिएको थियो ।

यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी र रामशरण महतले भने सोमबार मात्रै धरौटी रकम बुझाएका छन् भने कारागार प्रशासनले सम्पत्ती शुद्धिकरण बिभाग र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान विभागमा बुझाइने भएको छ । धरौटीमा रिहा गरिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने अदालतले तोके बमोजिम १५ लाख धरौटी बुझाउन नसकेका कारण कारागारमा नै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू