अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 03:48

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:३१ मा प्रकाशित

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

प्रतिक्रिया