अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा आधा परीक्षार्थी मात्रै पास

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:२९ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा। सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताउनुभयो । उहाँले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताउनुभयो । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ । यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ४८।३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५०० दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् । विशेषज्ञ दर्ता प्रमाणपत्र वितरण लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्र सहित सम्बन्धित स्वयं उपस्थित हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू