अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा लेखा समितिका ९ प्रश्न

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:२३ मा प्रकाशित

सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद-ब्रिकी सम्बन्धमा चासो राखेको छ। समिति सभापति ऋषिकेश पोखरेलले सरकारी निकायहरूलाई सेयर खरिद-बिक्रीका सवालमा ९ वटा प्रश्‍नसहित पत्र पठाउनुभएको छ । ‘एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सवाल समितिको चासोको विषय बन्यो। यस विषयमा प्रारम्भिक जिज्ञासासहित हामीले विभिन्न निकायहरूलाई पत्र पठाएका छौं’, समिति सचिव एकराज गिरीले भन्नुभयो।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ  मा बिक्री गरेको बताएको हो। सात वर्षअघि एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको सेयर यति थोरै रकममा बिक्री गरिएको, नेपाल बाहिर कारोबार गरिएको, नियामकीय निकायलाई जानकारी नगराएको जस्ता विषयमा समितिले मुख्य प्रश्न उठाएको छ।

समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई यथाशीघ्र जवाफ फर्काउन भनेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू