अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

शेयर बजार ७ अङ्कले घट्याे, ९६ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० मंसिर १७ गते ६:३८ मा प्रकाशित

शेयर बजार हप्ताकाे पहिलाे दिन ७ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेकाे छ ।

आज माइक्राेफाइनान्सबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीकाे शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटेकाे दिन थ्री स्टार हाइड्राेपावरकाे शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ कराेड ४० लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे ६ कराेड ९५ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू