अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

इजरायल र हमासबीचको द्वन्द्वको असर जलवायु शिखर सम्मेलनमा पनि

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:२७ मा प्रकाशित

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको द्वन्द्वको असर जलवायु शिखर सम्मेलनमा पनि देखिएको छ । यूएईमा चलिरहेको सम्मेलनमा इजरायलको उपस्थितिलाई लिएर इरानी प्रतिनिधिले विरोध जनाएका छन् ।जलवायु वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले विरोधमा हिजो आफूहरु सम्मेलनस्थलबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँले कोप–२८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देश विपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको बताउनुभयो । यसअघि अस्ति बिहिवार इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने भनिएको थियो । झण्डै दुई सय देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ । तर अहिले आठौँ हप्ता पुगेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई केही छायाँमा पारिरहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू