अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

विश्व कप लिग–२ खेल्न नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

बिआरटीनेपाल २०८० मंसिर १५ गते ६:०१ मा प्रकाशित

नेपालले आउँदो फागुन ५ गतेदेखि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ ।आईसीसी विश्व कप लिग–२ को सन् २०२४-२७ को शृङ्खला खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउने भएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग–२ को आउँदो सिजन नेपालबाट शुरु हुने र त्यसमा खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउन लागेका जनाएको छ ।

नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । गएको महिना भारतमा सकिएको विश्व कपमा नेदरल्यान्ड्सले बङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएको थियो । तर समग्रमा नेदरल्यान्ड्स एकदिवसीय वरीयतामा निकै तल रहँदै लिग २ खेल्न लागेको हो । विश्व कप लिग–२ मा नेपालसहित नेदरल्यान्ड्स,  स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू