अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 00:29

द्वन्द्वले ध्वस्त पारेको घर खोज्न फर्किए गाजावासी

बिआरटीनेपाल २०८० मंसिर १५ गते ५:५६ मा प्रकाशित

इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।

इजरायलविरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलापछि दुई पक्षहरूले गत हप्ता चार दिनका लागि युद्धविराम गरेका थिए । इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ । इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू