अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० मंसिर १५ गते ५:४६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुुक्रबार पार्टीको महाकाली(मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले अमरसिंह थापा जस्ता योद्धाहरुले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू