अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:२३ मा प्रकाशित

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०ले चेतावनी दिएको छ । डब्लूएफपीले इजराइल र हमासबीच युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार १६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।

पछिल्लो समय मंगलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लूएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भन्नुभयो, “हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।” डब्लूएफपीले अनुमान गर्दै भनेको छ, “यदि डब्लूएफपीले निरन्तररूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसंख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।”

खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि ६ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा संकट सुरु भएपछि डब्लूएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू