अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

भारतको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:०७ मा प्रकाशित

भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल भएपछि भारतीय सैनिकले विशेष मेसिनबाट भत्किएको भागमा पाइप पठाएर उद्धार गरेको हो ।सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ । अहिले उनीहरूको स्वास्थ्यको जाँच भइरहेको छ । इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा पठाइरहेका बेला उक्त पाइप फलामका बिम र मेसिनहरुसँग ठोक्किंदा कामदारहरु थुनिएका थिए । उक्त स्थान पुग्न नौ मिटर बाँकी रहँदा बोरिङ मेसिन भाँचिएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिंदै उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू