अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:०५ मा प्रकाशित

रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।

उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । उनीहरुमध्ये तीन जनाको गत १५ नोभेम्बर (कार्तिक २९) गते र अर्का एकको असार २९ मै मृत्यु भएकोमा अहिले पुष्टी भएको रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू