अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

शेयर बजार झन्डै १८ अङ्कले घट्याे

बिआरटीनेपाल २०८० मंसिर १३ गते ५:५२ मा प्रकाशित

शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज अन्यबाहेक सबै समूहको शयर घटेर बजार राताम्मे भएको छ । आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज दुई सय ८५ वटा कम्पनीका ३३ लाख ५९ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको छ करोड २८ लाख रुपैयाँको शेयर  किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू