अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:२४ मा प्रकाशित

अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई पक्राउ गरेको हो।

विशाल र शान्तिले रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए। उनीहरूले मासिक ३ लाख तलब हुने भन्दै प्रतिव्यक्ति ४० लाग माग गरेका थिए। श्रेष्ठद्वय पैसा ठगेर सम्पर्कविही बनेका थिए। उनीहरूको थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू