अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

गृह मन्त्रालयले देशभरिका कारागारमा विपश्यना ध्यान शिविर चलाउने

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:०१ मा प्रकाशित

गृह मन्त्रालयले देशभरिका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा ध्यान संस्कृतिलाई अगाडि बढाउने भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त अभियान सञ्चालन गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।

एक महिनाभित्रै नक्खु कारागारमा हुने दस दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ। व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०(७० जनाले विपश्यना ध्यान गर्नेछन्। पटकपटक शिविर सञ्चालन गरी सबैलाई सहभागी गराउन लागेको हो। यसअघि नख्खु, भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू