अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

प्रसाईं समर्थकलाई पक्राउ विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बिआरटीनेपाल २०८० मंसिर १२ गते ५:५९ मा प्रकाशित

अभियन्ता दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।खड्कासहितका प्रर्दशनकारीलाई पक्रेर सिंहदरवार प्रहरी वृत्तमा राखेपछि रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्धा दर्ता भएको थियो।

सर्वोच्चले मंगलबार सोहि मुद्धामा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी गरेको हो। मुद्धा सोमबार दर्ता भएको थियो।अभियन्ता दुर्गा प्रसाईंको गत बिहीबार र शुक्रबारको प्रर्दशनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पशुपति खड्कासहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रसाईंलाई नै नजरबन्दमा राख्नुका साथै उनको समर्थक र निकटस्थलाई नियन्त्रणमा लिने क्रम अझै रोकिएको छैन। मंगलबार प्रसाईंका स्वकीय सचिव,अभियानका समर्थक गुरु,आन्दोलनका समर्थक ट्याक्सी व्यवसायी संघका अध्यक्षलगायतलाई नियन्त्रणमा लिएको छ भने प्रर्दशनको लागि घरबाट निस्कीएका प्रसाईँलाई प्रहरीले बाटैमा रोकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू