अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

बिआरटीनेपाल २०८० मंसिर १२ गते ५:५१ मा प्रकाशित

एसीसी १९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । टाेलीकाे कप्तानी देव खनालले गर्नेछन् । टाेलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बाेहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

१९ वर्षमुनिकाे एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ । नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापान तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू