अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

कांग्रेस सभापति देउवाद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त

बिआरटीनेपाल २०८० मंसिर १२ गते ५:४५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ । सभापति देउवाले पार्टी आवद्ध भ्रातृ संघ (नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गर्नुभएको हो ।

पार्टीको विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध तीन वटा भ्रातृ संघमा नियुक्त गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू