अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच समसामयिक राजनीतिक विषयमा छलफल

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:०६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

भेटवार्तामा उहाँहरूबिच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू