अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

‘काेप–२८’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

बिआरटीनेपाल २०८० मंसिर ११ गते ६:०१ मा प्रकाशित

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्सि बुधवार यूएईको दुबई जानुहुने भएको छ ।सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्नु हुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले अन्य भेटवार्ताहरू पनि गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू