अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:५४ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ ।वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा हावाको गुणस्तर निकै कमजोर छ ।

बिहान त्यहाँको वायु प्रदूषण मापन सूचक एक्यूआई ४५० भन्दा माथि पुगेको बोर्डलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई तीन सयदेखि ४ सयको बीचमा पुग्नु वायुको गुणस्तर निकै खराब स्थितिमा रहेको भन्ने बुझिने बोर्डले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीका नागरिक पछिल्लो एक महिनादेखि वायु प्रदूषणको कहरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू