अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम व्याज खान होइन : मन्त्री भण्डारी

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:३८ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर व्याज खान स्थापना नभएको बताउनुभएको छ । सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सुरक्षाको अवधारणका धेरै मुलुकहरुमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले कोषमा जम्मा भएको रकम परिचालन विविधिकारण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने बताउनुभयो । श्रममन्त्री भण्डारीले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रतिवद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउँने दाबी गर्नुभयो ।

श्रममन्त्री भण्डारीले श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानूनी कमीकमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू